Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ २४ गते ।

रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ ।

भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन ।

जेनजी आन्दोलन देशभर चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।

‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ एक सांसदले भने ।

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *