समाजिक फीड
काठमाडौं, भदौ २४ गते ।
काठमाडौंको बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरिरहेका छन्।
मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
भित्रबाट तीन/चार राउन्ड गोलीको आवाज निस्किएको स्थानीय बासीले बताएका छन्।
देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए ।
स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर हिँडेका थिए । यद्दपी उनी अहिले कहाँ रहेको खुलेको छैन ।