वीरगञ्जमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्युु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । वीरगञ्जमा घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् । शनिबार साँझ आफ्नो एकतले घरको छतमा तिहारको झिलीमिली बत्ती लगाउने क्रममा घटना भएको पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए […]
सप्तरीमा गोली हानी पुजारीको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । सप्तरीमा गोली प्रहार गरी एकजना मन्दिरका पुजारीको हत्या गरिएको छ । शनिबार राति अज्ञात समुहले बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको हो । अज्ञात समुहले प्रहार गरेको गोली लागेर स्थानीय पुजारी ७० वर्षीय रामदुलार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ […]
जनमतको पक्षमा सर्वोच्चको आदेश, जनस्वराज पार्टी दर्ताको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

सामाजिक फीडजनकपुरधाम, असोज ३१ गते । सर्वोच्च अदालतले जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टी नामक नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासबाट उक्त आदेश भएको हो ।जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले दिएको रिटमा सुनुवाइ गर्दै लिखित जवाफ माग […]
सर्लाहीमा खोलाले बगाउँदा बालिका बेपत्ता

सामाजिक फीडजनकपुरधाम, असोज ३१ गते । सर्लाहीमा मनुष्मारा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । धनकौल गाउँपालिका–३, की सोनीकुमारी साहलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । बिहीबार दिउँसोदेखि नै साहलाई खोलाले बगाउँदा बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक निरन्जन भट्टराईले बताए । लुगा धुन र नुहाउन खोलामा पुगेकी बालिकालाई खोलाले बगाएर […]
मधेस प्रदेशको यी स्थानीय तहले अझै ल्याएन बजेट, कर्मचारी तलब बिहिन

सामाजिक फीडजनकपुरधाम, असोज ३१ गते । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत मधेस प्रदेशका ३४ स्थानीय तहले बजेट ल्याउन सकेको छ । स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। तर देशभरका ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेको छैनन् । बजेट प्रस्तुत नहुँदा ती स्थानीय तहका […]
धनतेरसअघिको दिन सुनचाँदीको भाउ बढ्यो: सुन प्रतितोला २ लाख ५८ हजार, हालसम्मकै उच्च मूल्य

सामाजिक फीडजनकपुरधाम, असोज ३१ गते । धनतेरसअघि सुनचाँदीको भाउ आकाशियो, सुन प्रतितोला २ लाख ५८ हजारमा- हालसम्मकै उच्च मूल्य धनतेरसको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य आकस्मिक रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकेको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो। अघिल्लो दिनको तुलनामा एकैदिनमा ७ […]
मुख्यमन्त्री सोनलको सरकार गठनसँगै नैतिक संकटमा

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । नवगठित मधेश सरकार नैतिक संकटमा परेको छ । बुधबार पाँचदलको ५६ जना सांसदको समर्थनमा लोसपा नेता जितेन्द्र सोलन मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानाको धारा १६८ को उपधारा २ बमोजिम बुधबार साँझ उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । आजै नवनियुक्त मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख […]
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शपथ लिए

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विशेष समारोहका बीच मुख्यमन्त्री सोनललाई शपथ गराएकी हुन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल पाँच दलका ५६ सांसदहरूको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नागरिक उन्मुक्ति पार्टीको एक […]
जसपा नेपालका मधेस प्रदेशसभा सदस्य कुश्वाहा पुनः पक्राउ

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहा पुनस् पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई पक्राउ गरेको हो ।सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको उनीमाथि आरोप छ ।मधेस प्रदेशको पूर्वगृहराज्यमन्त्री […]
बरहवा पुलबाट नदीमा हाम फालेका पुरुषको मृत्यु

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा पुलबाट नदीमा हाम फालेका अन्दाजी ३५ देखि ४० वर्ष उमेरका एक पुरुषको मृत्यु भएको छ। बुधबार साँझ करिब ५:१५ बजे ती व्यक्तिले नदीमा हाम फालेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल तथा वीर दल गणको टोली तुरुन्तै घटनास्थल पुगेको थियो। […]