आजदेखी गर्ने भनिएको उखु किसानको आन्दोलन स्थगित

सामाजिक फीड-जनकपुरधाम, मंसिर १४ गते । आजदेखी गर्ने भनिएको उखु किसानको आन्दोलन स्थगित भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले आफूहरुले राखेको माग सम्वोधनका लागि दुई हप्ताको समय माग गरेपछि उखु किसानले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।मंसिर ९ गते कृषि मन्त्री परियारलाई भेटेर उखु किसानले आव २०८१र८२ को बाँकी […]
प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने दलको संख्या १०८ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १२ गते । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनावमा भाग लिन चाहने दलको संख्या १०८ पुगेको छ । बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचनका लागी दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । निर्वाचन आयोगमा दल […]
चिसो र प्रदूषण बढेसँगै काठमाडौंमा श्वासप्रश्वासका बिरामी बढ्दै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएसँगै श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीको संख्या तीव्र रूपमा वृद्धि भएको छ। तापक्रम घटिरहेको र वायु प्रदूषण खतरनाक स्तरमा पुगेको कारण वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा दम, सिओपिडी लगायतका समस्या लिएर आउने बिरामीको संख्या दिनानुदिन बढिरहेको चिकित्सकहरूले बताएका छन्। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा […]
सिमरा विमानस्थलको जग्गा ठेक्कामा लगाउन बोलपत्र आह्वान

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेको एक प्लटको जग्गा ठेक्कामा लगाउन बोलपत्र आह्वान गरेको छ । कार्यालयले कृषि प्रयोजनका लागि ठेक्कामा दिने भन्दै यसका लागि इच्छुक संघ–संस्था तथा नेपाली नागरिकबाट बोलपत्र आह्वान गरेको छ। कार्यालयले नामाकंन गरेको प्लट नं। १ मा पर्ने ४ बिघा ३ कट्ठा ३ धुर […]
एमाले फागुन २१ को चुनावमा भाग लिन्छः केपी शर्मा ओली

सामाजिक फीड-जनकपुरधाम, मंसिर ९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने बताएका छन्। अध्यक्ष ओलीले नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा प्रतिनिधिसभा पुनर्स्थापनको मुद्दासँगै चुनावी तयारी गरिरहेको बताएका हुन्। ओलीसँगको उक्त अन्तर्वार्ताको समाचार नागरिकले प्रकाशन गरेको छ। प्रतिनिधिसभा चुनावका लागि आज एमालेले दल दर्ता गर्नेछ। […]
आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ९ गते । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा अजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र […]
निर्वाचन आयोगमा दल दर्ताको संख्या १३२ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुगेको छ । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएसँगै दलको संख्या १३२ पुगेको हो ।आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि दलहरूले निर्वाचन प्रयोजनका लागि समेत दल […]
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ । आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ । बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध […]
विवाहपञ्चमीको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर २७ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । जहाँ जानकीसँग रामको भेट हुन्छ । आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अव्लोकन गराइन्छ । यसमा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका […]
विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ४ गते । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन मनाइएको छ । नगरदर्शनमा राम र लक्ष्मणका प्रतिक बनाइएका बालबालिकालाई घुमाउने गरिन्छ । जानकी मन्दिर प्रांगणमा सांस्कृतिक कार्यक्रम आयोजन गरी राम र लक्ष्मणलाई नगरदर्शन गराइएको हो । नगरदर्शन अब्लोकन गर्न श्रद्धालुहरुको भीड लागेको थियो । विवाहपञ्चमीको दोस्रो दिन फुलबारी […]