Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १४ गते ।

आजदेखी गर्ने भनिएको उखु किसानको आन्दोलन स्थगित भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले आफूहरुले राखेको माग सम्वोधनका लागि दुई हप्ताको समय माग गरेपछि उखु किसानले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।
मंसिर ९ गते कृषि मन्त्री परियारलाई भेटेर उखु किसानले आव २०८१र८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्विन्टल ३५ रुपियाँ भुक्तानी गर्न र चालू आव २०८२र८३ को क्रसिङ सिजनका लागि उखुको न्यूनमत समर्थन मुल्य प्रतिक्विन्टल ७५० रुपियाँ आजसम्म कायम गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाएपछि पनि उखु किसान र मन्त्री परियारबिच बक्यौता अनुदान रकम भुक्तानी र उखुको मुल्य कायम गर्ने विषयमा बारम्बार छलफल भएको थियो ।

मन्त्री परियारले छलफलकै क्रममा आफूहरुको माग सम्वोधन सम्वन्धमा दुई हप्ता समय माग गरेकाले आजदेखि गर्ने भनिएको आन्दोलन रोक्ने निर्णय गरिएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले बताए ।
१३ गतेसम्म माग पुरा नभए उखु १४ गतेदेखि सर्लाहीको हरिवनमा अनिश्चितकालिन रुपमा पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्ने घोषणा गरिएको थियो ।

अध्यक्ष रायले मन्त्री परियारले यस विषयमा प्रधानमन्त्रीसहित अन्य मन्त्री, मन्त्रालयका सचिवलगायतसँग छलफल गर्न दुई हप्ता समय माग गरेकाले आफूहरु तत्काल आन्दोलन नगरी दुई हप्ता पर्खन सहमत भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *