ट्रम्पको युद्ध अन्त्य संकेतपछि तेलको मूल्यमा गिरावट

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको हो । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त […]
सर्लाहीमा अबैध चाँदीको गरगहना सहित एक जना पक्राउ
सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । सर्लाही प्रहरीले चाँदीका अवैध गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका वडा नं. ९ बस्ने ५५ वर्षीय गौरीशङ्कर साहलाई चाँदीका अवैध गरगहनासहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले साहको साथबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएको ९१५।४६० ग्राम चाँदी बरामद भएको जनाएको छ । […]
समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, कांग्रेस र एमाले पछि

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत पार गरेको छ। हालसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले […]
मधेसका पुर्व मुख्यमन्त्री सतिश सिंह र पुर्वमन्त्री भरत साहको जमानत जफत

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पुर्वमन्त्री भरत प्रसाद साहको जमानत जफत भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा स्वाभिमान पार्टी गठन गरेर उम्मेदवार बनेका सिंह र महोत्तरी(४ बाट नेपाली कमयुनिष्ट पार्टी (नेकपा) का उम्मेदवार साहको जमानत जफत भएको हो […]
पर्सामा १७ वर्षीया किशोरीको बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । पर्सा प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साह रहेका छन् । उनलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। ती किशोरीलाई साहले जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी टोली […]
राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरुको सपथ आज

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरूको शपथ आज हुँदैछ ।संसद् सचिवालयका अनुसार नवनिर्वाचित सदस्यहरुको आज दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा शपथ ग्रहण हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।गत […]
सप्तरी २ मा रामजी यादव निर्वाचित, सीके राउत तेस्रो स्थानमा

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादव रहेका छन् । उमेशले १४ हजार २६३ मत प्राप्त गरेका […]
‘खल्ती’ देखि संसद सम्म

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नम्बर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह विजयी भएका छन्। उनले ४० हजार ६९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। साहले मन्सुरलाई ३० हजार ६४५ मतान्तरले पराजित गरेका हुन्। उहाँको […]
निर्वाचित भएपनि रवि लामिछाने संसदमा शपथ लिन नपाउने!

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए तापनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल संसदीय काममा सहभागी हुन सक्ने स्थिति छैनन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद पदमा सक्रिय हुन नपाउने कानुनी अवस्था बनेको हो। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित […]
जेनजी आन्दोलनको प्रतिवेदन बुझाउन जाँचबुझ आयोगको टोली प्रधानमन्त्री कार्यालयमा

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन बुझाउन जाँचबुझ आयोगको टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई आज प्रतिवेदन बुझाउन पुगेका हुन् ।प्रधानमन्त्री कार्कीलाई आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाइएको छ । […]