Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २६  गते ।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत पार गरेको छ। हालसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत पाएको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत पाएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन्।

हालसम्मको मतगणनाको आधारमा मत विभाजक सूत्रअनुसार सिट बाँडफाँट गर्दा रास्वपालाई ५८ सिट, कांग्रेसलाई १९, एमालेले १६ र नेकपालाई ९ सिट प्राप्त हुने देखिएको छ। श्रम संस्कृति पार्टी र राप्रपाले समान ४–४ सिट पाउने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *