Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १० गते ।

सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेको एक प्लटको जग्गा ठेक्कामा लगाउन बोलपत्र आह्वान गरेको छ । कार्यालयले कृषि प्रयोजनका लागि ठेक्कामा दिने भन्दै यसका लागि इच्छुक संघ–संस्था तथा नेपाली नागरिकबाट बोलपत्र आह्वान गरेको छ।

कार्यालयले नामाकंन गरेको प्लट नं। १ मा पर्ने ४ बिघा ३ कट्ठा ३ धुर क्षेत्रफलको खाली जमिन २०८२ पुस १ देखि २०८७ मंसिर मसान्तसम्म पाँच वर्षका लागि ठेक्कामा उपलब्ध गराइन बोलपत्र आह्वान गरेको हो ।


ठेक्का लिने पक्षले उखु, मकैजस्ता अग्ला बोटबिरुवा हुने बाली खेती गर्न नपाउने सूचनामा उल्लेख छ ।

यस्तै कानुनद्वारा निषेधित गाँजाजस्ता बाली तथा जंगली जनावर वा चराचुरुङ्गी आकर्षित गर्ने खालका बाली समेत लगाउन निषेध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *