Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ । आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।


बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध गर्ने गरिन्छ । त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाउने गर्छन् ।

मटकोटर सकिएपछि भोली मंगलबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर गरी विवाहको काज हुने छ ।

मंसिर ४ गतेदेखि सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन विवाहपञ्चमी र बुधबार जन्ती आएका साधुशन्तको बिदाई अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *