Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ९ गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने बताएका छन्। अध्यक्ष ओलीले नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा प्रतिनिधिसभा पुनर्स्थापनको मुद्दासँगै चुनावी तयारी गरिरहेको बताएका हुन्। ओलीसँगको उक्त अन्तर्वार्ताको समाचार नागरिकले प्रकाशन गरेको छ।


प्रतिनिधिसभा चुनावका लागि आज एमालेले दल दर्ता गर्नेछ। निर्वाचन कानुनअनुसार चुनावका लागि छुट्टै दल दर्ता गर्नुपर्छ। एमालेले केही दिनअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेपनि प्रतिनिधिसभा तर्फ गरेको थिएन।


एमालेका केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले पनि निर्धारित अवधिमै दल दर्ता गर्ने बताएका थिए। आचार्यले नहुने चुनावमा एमाले नदौडने तर आफ्नो संस्था अद्यावधिक गर्ने योजनाअनुसार दल दर्ता गर्न लागेको बताए।


फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाइएको पनि अध्यक्ष ओलीले बताए। ओलीले निर्वाचन नभए त्यसको दोष सरकारकै हुने जिकिर गरे ।
अध्यक्ष ओलीले निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन प्रतिनिधिसभा पुनर्स्थापना नै रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *