सामाजिक फीड-
जनकपुरधाम, मंसिर ४ गते ।
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन मनाइएको छ । नगरदर्शनमा राम र लक्ष्मणका प्रतिक बनाइएका बालबालिकालाई घुमाउने गरिन्छ । जानकी मन्दिर प्रांगणमा सांस्कृतिक कार्यक्रम आयोजन गरी राम र लक्ष्मणलाई नगरदर्शन गराइएको हो । नगरदर्शन अब्लोकन गर्न श्रद्धालुहरुको भीड लागेको थियो ।
विवाहपञ्चमीको दोस्रो दिन फुलबारी लिला रहेको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
तेस्रो दिन शनिबार धनुष यज्ञ, चौथो दिन आइतबार तीलकोत्सव पाँचौ दिन मंसिर ८ गते सोमबार मटकोर र ९ गते मंगलबार रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन ममंसिर १० गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।
त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।