Samajik Feed – News Portal from Nepal

महोत्तरीमा लोसपाको केन्द्रिय समितीको बैठक बस्ने, तयारीका लागि पदाधिकारी बैठक बोलाइयो

समाजिक फीड जनकपुरधाम, फागुन २५ गते ।लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रिय समितीको बैठकको तयारीबारे छलफल गर्ने भएको छ । त्यसका लागि पार्टीले पदाधिकारी बैठक बोलाएको छ । महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको लोसपाका महासचिव डा.सुरेन्द्र झालेबताए । बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ […]

नेता साहको आश्वासन -‘जथाभावी स्कुल बस चलाएर मान्छे मार्नेमाथि कारबाहीको लागि पहल गर्छु’

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु भएका बिन्धीका मृतक ५८ वर्षीया देवकली साह र २६ वर्षीया राखी देवी यादवको घरमा पुगेर माओवादी केन्द्रका नेता भरत प्रसाद साह पुगेर संवेदना प्रकट गरेका छन् । माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री समेत रहेका साह बिहीबार घरमै पुगेर मृतक […]

जसपाबाट उपेन्द्र यादव स्वास्थ्य र नवल किशोर वनमन्त्री बन्दै, आजै सपथको तयारी

समाजिक फीड जनकपुरधाम, फागुन २४ गते । सरकारमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सांसद नवल किशोर साह सुडी मन्त्री बन्न लागेका हुन् । केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बिहान बसेको बैठकले मन्त्रीहरूको टुंगो लगाएको हो। अध्यक्ष यादव बारा निर्वाचन क्षेत्र नम्बर २ […]

एमालेबाट ८ जना मन्त्री बन्दै, तीनजना मधेश प्रदेशकै

सामाजिक फीडजनकपुरधाम, फागुन २३ गते । नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको समेत नाम टुंगो लगाएको हो । एमालेले सरकारमा ८ मन्त्रालय पाउनेछ । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । उनीसँगै मधेश प्रदेशबाट तीनजना सांसद मन्त्री बन्ने भएका छन् […]

ओलीले नमानेपछि नेपाललाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव, नयाँ गठबन्धन भत्काउन दौडधुप

समाजिक फीड जनकपुरधाम, फागुन २३ गते । राजनीतिक उथलपुथलका बीच नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ । यद्दपी एमालेले भने नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन तोडेर सरकारको नेतृत्व गर्न कांग्रेसले गरेको प्रस्ताव अस्वीकार गरेको छ । माओवादीले आफूसँगको गठबन्धन तोडेपछि कांग्रेसले नयाँ बनेको गठबन्धन तुहाउने प्रयास गरेको […]

प्रधानमन्त्री प्रचण्ड र महन्थ ठाकुरबीच भेटवार्ता, लोसपालाई सरकारमा ल्याउन कसरत

समाजिक फीडजनकपुरधाम, फागुन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । त्यसक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले लोसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । अध्यक्ष महन्थ ठाकुरसँग गरेको छलफलमा प्रचण्डले लोसपालाई सरकारमा सहभागी आउन आग्रह गरेको सो पार्टीका सचिव मनिष मिश्रले बताए । प्रधानमन्त्री […]

जनकपुरधाम सरकारलाई छैन् नागरिकको स्वास्थ्यसँग सरोकार, स्वास्थ्य चौकीमा औषधी नै पठाउँदैन (भाग-२)

आर. के. महतो जनकपुरधाम, फागुन २२ गते । मधेश प्रदेशको राजधानी सहर जकपुरधाम उपमहानगरपालिकाका सरकारी स्वस्थ्य संस्थामा औषधी अभावले यहाँका दलित तथा विपन्न वर्ग नराम्ररी पिरोलिएका छन् । खासगरी उपमहानगरको ग्रामीण क्षेत्रका वासिन्दामध्ये हातमुखै जोड्न धौधौ परेका परिवार औषधी उपचारबाट वञ्चित भएका छन् । स्वास्थय संस्थाका प्रतिनिधिले उपमहानगरपालिकाको कार्यालयलाई औषधी पठाइदिन आग्रह गरेको गरै छन् […]

देउवासँग ‘डिभोर्स’ गर्दै प्रचण्डले मन्त्रीमण्डल गठन गर्दै, यी तीन नेताले आज लिँदैछन् मन्त्रीको सपथ

समाजिक फीड जनकपुरधाम, फागुन २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक ‘डिभोर्स’ गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी, जनता समाजवादी (जसपा) लगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएका छन् । यसअघि गत वर्षको पुस १० गते तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर एमालेको […]

मधेशका मुख्यमन्त्री यादवको पद यथावत रहने सम्भावना, कांग्रेस प्रदेश सरकारबाट बाहिरिदै

समाजिक फीड जनकपुरधाम, फागुन २१ गते । मधेश प्रदेशमा समेत नयाँ गठबन्धनको सरकार बनाउन सहमती भएको छ । संघमा नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी सुरु भएको हो । प्रदेश सरकारबाट नेपाली कांग्रेसलाई हटाएर नयाँ सत्ता गठबन्धनमा समावेश भएका दलहरुबाट मन्त्रालय भागबण्डा गरिनेछ । कांग्रेस […]

राजनीतिमा उथलपुल : एमाले सहितको नयाँ गठबन्धनको सरकारमा मन्त्री टुंगो लगाउन बैठक जारी

समाजिक फीड काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले […]