Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम , चैत्र २७ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै रास्वपाका उपसभापति एवं सांसद डा। स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए ।

एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

अब संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *