Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २४ चैत । उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ ।

इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *