Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

विराटनगर, २५ चैत्र । केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि कोशीमा सरकार परिवर्तनको पहल सुरु भएको छ । कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले विकल्पका बारेमा छलफल सुरु गरेका हुन् ।

कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । तत्कालीन समयमा कांग्रेससँग विद्रोह गरेर एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । तर पछि माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो । अब एमालेले मुख्यमन्त्रीलाई नियुक्तिका क्रममा दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने तयारी गरेको छ । एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण बनेकाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

संविधानको धारा १६८ उपधारा (५) बमोजिमको सरकारलाई दिएको समर्थन नै फिर्ता लिने संवैधानिक व्यवस्था संविधानकै धारा १८८ को उपधारा (२) मा स्पष्ट व्यवस्था रहेको एमालेको दाबी गर्दै आएको छ । एमालेले समर्थन फिर्ता लिने भएपछि माओवादी केन्द्रले पनि सरकारबाट राजीनामा दिएर फिर्ता हुने तयारी गरेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९,माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *