Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , चैत्र २३ गते ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिवार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

अभियान अन्तर्गतको स्वनिमः उपत्यका विशेष ब्युरो, नेवाः राष्ट्रिय परिषद्ले नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना लागि सो प्रदर्शन गर्न लागिएको हो ।

विश्वकै प्राचीन सभ्यता मध्येको एक नेवाः सभ्यतालाई समाप्तिको संहारमा पुर्‍याएको कारण नेवाः राष्ट्र आफ्नै ठाउँबाट विस्थापित हुँदै गइरहेको कारण त्यसलाई बचाउनका लागि प्रदर्शन गर्नुपरेको नेता झाको भनाइ छ ।

नेवा : भूमि, भौतिक र अभौतिक संस्कृतिहरू, भूक्षेत्र, श्रोतहरू समाप्त भइरहेको उल्लेख गर्दै नेता झाले नेवा ः सम्पदाहरू मासेर नेवाःलाई औपनिवेशिकता विस्तार गर्ने अखडाहरू खडा गरेको गुनासो गरे ।

वर्तमानको औपनिवेशिक राज्यसत्तालाई नै सहमती उत्पादन गर्ने आन्दोलनको गोलचक्करबाट मुक्त गरेर राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न, राज्यविहिन तुल्याएका हिमाल, पहाड, तराई, मधेश लगायत विभिन्न राष्ट्रका सुशासन र सम्वृद्धि चाहने बहुलराष्ट्रियताहरू सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माण गर्नु अति आवश्यक भैसकेको अभियानका नेता केशव झाको भनाई छ ।

उनका अनुसार बहुलराष्ट्रिय राज्य नेपालमा मात्र नेवाः लगायत राज्यविहिन राष्ट्रहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमा निहित औपनिवेशिकतालाई अन्त्य भएको महसुस गर्नेछ ।

यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने र नेपाल सबै नेपालीका लागि निर्माण गर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *