सामाजिक फीड,
बुटवल, २५ चैत्र । जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।
महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरूबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।
लुम्बिनी प्रदेशका ४८ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।