Samajik Feed – News Portal from Nepal

उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद् झा

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको तर्क गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद झाले उपराष्ट्रपतिको पदले सम्झन लायक कुनै पनि काम गर्न नसकेको देशमा यो पद आवश्यक नै नभएको बताएका हुन् । उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए । […]

जसपाको विधान अधिवेशन आज सुरु हुँदै

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टीको विधान अधिवेशन आज सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानमा सुरु हुने अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र […]

सबैला नगरपालिकाको बजेट झण्डै ५९ करोड

सामाजिक फीड-जनकपुरधाम, असार १० गते । धनुषाको सबैला नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०।०८१ का लागि अनुमानित ५९ करोडको बजेट ल्याएको छ । शनिबार भएको नवौं नगरसभामा नगरप्रमुख कारीराम यादवले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगार लगायतलाई समेटेर […]

नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैनः प्रधानमन्त्री प्रचण्ड

सामाजिक फीड-जनकपुरधाम, असार ९ गते। प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आज काठमाडौंम आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट […]

जनकपुरधाम उपमहानगरको बजेट २ अर्ब २८ करोड

सामाजिक फीड-जनकपुरधाम, असार ८ गते । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २८ करोड २३ लाख६९ हजार २९० रुपैयाँ बजेट ल्याएको छ ।शुक्रबार भएको १०औं नगरसभामा उपप्रुख किशोरी साहले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगमयतलाई समेटेर उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालु तर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात्  ४९.७८ […]

मधेशलाई कम बजेट दिएको कुरा सत्य छैन: प्रधानमन्त्री

काठमाडौँ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सङ्घीयताको मर्म अनुरूप सङ्घबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशमा […]

बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

काठमाडौँ, ७ असार । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई आज बिहान पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले स्वागत गरेका हुन् । शाह गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेनिकट देखिएका थिए । निर्वाचनपछि एमालेबाट टाढिएका शाह बिहीबार औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन् । पार्टी […]

आज चारदलको समाजवादी मोर्चा घोषणा हुँदै

सामजिक फीड-जनकपुरधाम, असार ४ गते । माओवादी केन्द्रसहित चार दलले आज समाजवादी मोर्चा घोषणा घोषणा गर्दै छ । माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे मोर्चा घोषणा गर्न लागेको हो । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका […]

नेपालमा चरम भाषिक विभेद छ : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, असार ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपलका अध्यक्ष उपेन्द्र यादवले नेपालमा चरम भाषिक विभेद रहेको बताएका छन् । आइतबार जनकपुरधाममा भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा बोलिने १ सय २५ भाषा मध्ये एक मात्र भाषालाई माननीय भाषाको रुपमा प्रयोगले भाषिक विभेद र असमानताको […]

मधेश प्रदेशसभा : पाँच संसदीय समितिको सभापति चयन, तीनजना महिला

सामाजिक फीड-जनकपुरधाम, असार ३ गते । मधेश प्रदेहसभामा सात मध्ये पाँचवटा संसदीय समितिको सभापति चयन गरिएको छ ।दलहरुले भागवण्डामा शनिबार साँझ सर्वसहमतिद्वारा रुपमा पाँचसमितिको सभापति चयन गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा, विकास समिति सभापतिमा जसपाका सारदा शंकर प्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय […]