Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १३ गते ।

नेकपा एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर पुनः काठमाडौं फर्किएको छ ।

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरु वुद्धएयरको विमानबाट जनकपुर अवरतण गर्न नसकेर पुनः काठमाडौं फर्किएको हो ।

विमानमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत अन्य यात्रीसहित ६८ यात्रु सवार थिए ।

तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए ।

बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट जानेछन् ।

बुद्ध एयरको एउटा जहाज फिर्ता भए पनि एमाले नेताहरुलाई अर्को जहाजमा त्यसतर्फ पठाउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *