Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १९ गते ।


मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेको बारे मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गरी जानकारी गराएको छ । सभामुख रामचन्द्र मण्डलको निर्देशनमा मधेश  प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना जारी गरेका हुन् ।

‘… निज अनिरूद्ध सिंह यादवलाई प्रस्तुत मुद्दाको सन्र्दभमा कानून बमोजिम हुन आजैको मितिमा पकाउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा पेश गरिएको भने व्यहोराको जानकारी माननीय सभामुखज्यूलाई प्राप्त हुन आएकोले माननीय सभामुखज्यूको निर्देशनमा प्रदेश सभा कार्यसंचालन नियमावली, २०७४ को नियम २१० को उपनियम (२) बमोजिम यो सूचना गरिएको छ’ सूचनामा उल्लेख छ ।’
सप्तरी क्षेत्र नं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा आज दिउँसो २ः५५ बजेको समयमा राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको हो । बोदेबर्साइन नगरपालिका ५ बस्ने सत्रुधन प्रसाद सिंह यादवका छोरा सांसद यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी आजै जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो । उनलाई पुनः भोलि पेश गर्ने गरी प्रहरीलाई हिरासतमा राख्न अदालतले भनेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।


वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालिन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या भएको थियो ।  मृतककी दिदी धनगढी गाविस–३ की  रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

जाहिरीपरेपछि यादव फरार भएका थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरि मुल्तवीमा राखि अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचिमा थिए । यधपी उनी प्रत्यक्ष चुनाव लडेर जित्दा समेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *