Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ५ गते ।

जनमत पार्टीको उपत्यका समन्वय समिति, उपत्यकाका जिल्ला समिति र जिल्ला इन्चार्ज भंग भएको छ ।
काठमाडौँमा मंगलबार बसेको जनमतको उपत्यका समन्वय समितिको बैठकले उपत्यकाका तीन वटा जिल्लाका जिल्ला समिति र जिल्ला इन्चार्ज भंग गरेको हो ।
क्षेत्रीय पर्यवेक्षक भने चयन गरेको छ ।

यस्तै बैठकले काठमाडौँका १० वटा क्षेत्रमध्ये आठ वटामा क्षेत्रीय पर्यवेक्षक चयन गरेको छ । दुई वटा क्षेत्रमा पछि तोक्ने निर्णय गरेको हो । यी पर्यवेक्षकहरुले एक महिना काम गरेर परिणाम देखाएपछि मात्र जिल्ला इन्चार्ज, जिल्ला समिति चयन गर्ने निर्णय गरेको छ ।

बैठकले काठमाडौँ क्षेत्र नम्बर १ का लागि रीता आर्याल, २ र १० नम्बरका लागि गणेश प्रसाद पुडासैनी, ३ नम्बरका लागि गोविन्द नेपाल, ४ नम्बरका लागि प्रकाश सुवेदी, ८ र ९ नम्बरका लागि सरिताश्री ज्ञवालीलाई पर्यवेक्षक तोकेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *