Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, भदौ १९ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा जिउँदै रहेका बताएका छन्।

सोमबार महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेश प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पु¥याउन पर्ने बताए ।

‘हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्’, अध्यक्ष ठाकुरले भने, ‘यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन।’

अझै मधेश आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा आफ्ना कार्यकर्ताले मुद्दा खेपिरहेका उनले बताए। कार्यक्रममा अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नुपर्ने उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *