Samajik Feed – News Portal from Nepal

त्रिशूली नदी भारतीय नम्बर प्लेटको जिप फेला

सामाजिक फीड-जनकपुरधाम, माघ २ गते । आज बिहानै त्रिशूली नदी भारतीय नम्बर प्लेटको जिप फेला परेको छ । बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेपछि गोताखोरको टोलीले नदीमा खोजविन गरेको थियो । खोजविनको क्रममानारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल […]

टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड, १६ जना घाइते

रासस-काठमाडौं, माघ १ गते । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।  घाइतेहरुको उपचारका लागि […]

आज माघे सङ्क्रान्ति : मधेशी समुदाय ‘तिलासकराइत’ र थारु समुदाय ‘माघी पर्व’ मनाउँदै

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ। विशेषगरी माघे संक्रान्तिलाई मधेशी समुदायहरु आजको दिनलाई तिलासकराइतको रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघी पर्वको मनाउँछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ। मधेशका मैथिली लगायत मधेशी समुदायले आजको दिनमा तील, […]

भारतीय गाडीलाई नेपाली नम्बर प्लेट बनाएर बेच्ने र चलाउने गिरोहको पर्दाफास, यसरी चलाउँथे धन्धा

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । धनुषा प्रहरीले भारतबाट भन्सार छली तथा चोरी गरेर ल्याएको गाडीमा गैर कानुनी रुपमा नेपाली नम्बर प्लेट लगाउने र चलाउने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी चारवटा गाडी सहित गिरोहका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । भन्सार चोरी निकासीमा संलग्नहरुले […]

रौतहट जिल्ला अदालतमा आज आलमको मुद्दाको अन्तिम सुनुवाईका लागि पेसी

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । रौतहट जिल्ला अदालतमा आजदेखि मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकिएको छ । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपसहितको मुद्दाको आज पेसी अदालतमा तोकिएको हो । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी तोकिएको जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव […]

महोत्तरीमा अवैध उत्खनन गर्ने टिपर र स्काइभेटर प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । महोत्तरीको रातु खोलामा अवैध उत्खन्न गर्ने टिपर र स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिबास नगरपालिका ७ रातु खोलामा अबैध रुपमा ढुङगा,गिट्टी, उत्खनन गरी लोड गरेर लाँदै गरेको अवस्थामा शुक्रबार साँझ साढे ५ बजेको समयमा टिपर र स्काइभेटर नियन्त्रणमा लिएको हो । स्टोक प्रमाणित नरहेकोले ना २ क २३८ […]

माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

सामाजिक फीड-जनकपुरधाम, पुस २७ गते । मधेश सरकारले माघ ३ गतेलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार बसको मधेश प्रदेश सरकारको मन्त्री परिषदको बैठके माघ ३ गतेलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको गृह तथा संचारमन्त्री मोहम्मद समिमले जानकारी दिए । ३ माघ २०७८ मा गतेकै दिन तत्कालिन ‘प्रदेश नं. २’ को […]

पत्रकार महिला उमा सिंहको आज १५ औं स्मृति दिवस मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, पुस २७ गते । सहिद पत्रकार महिला उमा सिंहको आज १५ औं स्मृति दिवस मनाइँदै छ । उनको हत्या भएको आज १५ वर्ष पूरा भएको अवसरमा पत्रकार संगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गरी आज मनाउँदै छन् । सहिद सिंहको १५ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ साढे ५ बजे दीप […]

अनुयायीलाई यौन हिंसा गरेको अभियोगमा रामबहादुर बम्जन जलेश्वर जेल चलान

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बुधबार राति सर्लाही ल्याइएको थियो । बिहीबार दिउँसो […]

महोत्तरीमा दुई कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

सामाजिक फीड-महोत्तरी, पुस २६ गते । महोत्तरी प्रहरीले गौशालामा दुई कठ्ठा गाँजा खेती नष्ट गरेको छ ।गौशाला नगरपालिका ११ लक्ष्मीनिया टोल स्थित उखु खेतको बीचमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो । विशेष सुराकीको आधारमा उखु खेतको बिच लगाएको गाँजा खेती कान्तिबजार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार नष्ट गरेको हो । […]