Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते ।

अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बुधबार राति सर्लाही ल्याइएको थियो । बिहीबार दिउँसो अदालतमा पेश गरिएको थियो ।

अदालतको आदेशपछि सर्लाही कारागारमा राख्ने ठाउँ नभएपछि बम्जनलाई महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रविण धितालले जानकारी दिए।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *