Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २ गते ।

आज बिहानै त्रिशूली नदी भारतीय नम्बर प्लेटको जिप फेला परेको छ । बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेपछि गोताखोरको टोलीले नदीमा खोजविन गरेको थियो । खोजविनको क्रममा
नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो ।

चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार जिपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

‘जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डिएसपी भण्डारीले भने । जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो ।

त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *