सामाजिक फीड-
जनकपुरधाम, पुस २७ गते ।
सहिद पत्रकार महिला उमा सिंहको आज १५ औं स्मृति दिवस मनाइँदै छ । उनको हत्या भएको आज १५ वर्ष पूरा भएको अवसरमा पत्रकार संगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गरी आज मनाउँदै छन् ।
सहिद सिंहको १५ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ साढे ५ बजे दीप प्रज्वलन कार्यक्रम आयोजन गरेको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा दीपप्रज्वलन कार्यक्र आयोजन गरिएको शाखाकी अध्यक्ष मनिका झाले जानकारी दिइन् ।
वि.स. २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।