Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १ गते ।

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ। विशेषगरी माघे संक्रान्तिलाई मधेशी समुदायहरु आजको दिनलाई तिलासकराइतको रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघी पर्वको मनाउँछन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ।

मधेशका मैथिली लगायत मधेशी समुदायले आजको दिनमा तील, च्युरा, मुरही लगायतको परिकारलाई सक्खर मिलाएर लड्डु -लाइ_ बनाउने गर्दछन् । नुहाएर तिलचामल चढाएर खानुको साथै लाइ घ्यु, खिचडी खाने चलन छ । आफ्ना छोरीको घरमा ती परिकारहरु कोसेलीको रुपमा पठाउने चलन समेत मिथिलाञ्चलमा रहेको छ ।

पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गर्छन्।
आजदेखि उत्तरायण सुरु भएकाले दिन लामा र रात छोटो हुँदै जान्छ।
नेपाली समाजमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने प्रचलन छ ।

थारु समुदायमा माघीमा आफ्ना चेलीबेटीहरूलाई उपहार दिने चलन छ। माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता पनि थारू समुदायमा छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन अझै पनि कतिपय थारु समुदायमा प्रचलनमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *