Samajik Feed – News Portal from Nepal

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

सामाजिक फीडजनकपुरधाम, कार्तिक ९ गते । राजेन्द्र महतो नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दल दर्ता भएको हो । पार्टी केन्द्रीय कार्यसमिति १७३ सदस्यीय रहेको छ । पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् । नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा […]

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुससहित पक्राउ

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ७ गते । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले बिहीबार उनलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो। साहले एक योजनाको बिल भुक्तानी गर्नेक्रममा सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस लिइरहेको अख्तियार दुरुपयोग […]

मधेशका तीन मन्त्रालयका सचिवको बिदाइ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते । मधेश प्रदेशका तीन मन्त्रालयका सचिवहरूको बिदाइ गरिएको छ। केही दिनअघि संघीय सरकारले सहसचिवहरूको नियमित सरुवामा मधेश प्रदेशका अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र सिवाकोटी, गृह, संचार तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र यादव, र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डे परेका थिए। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूको सम्मानमा […]

सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

रासस-जनकपुरधाम, कार्तिक ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतः स्थापित हुने बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य वा विषयमा सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । सूचनाको हकका […]

जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । जनकपुरधाम, कात्तिक ७ – जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेका छन्। जनकपुरधाम–९, थापाचोकका कौशल किशोर साह कर तिर्न जाँदा नगरप्रहरी नितीश रायले कोठामा थुनेर कुटपिट गरेको आरोप लगाएका छन्। पीडित साहले नगरप्रहरीले आफूलाई कोठामा लगेर ढोकाको चुक्कु लगाई हात, मुक्का प्रयोग गरी गाला, टाउको, […]

धनुषामा ११ हजार भोल्टमा करेन्ट लागेर एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ६ गते । धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डलको सोमबार साँझ मृत्यु भएको हो। प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार, जनरेटरमा तार जोड्ने क्रममा मण्डलले ११ हजार भोल्टेजको तार छोएपछि करेन्ट लागेर उनको ज्यान गएको हो। छिमेकीको घरमा पूजा सञ्चालन गर्न जनरेटरको […]

सिरहामा केटी साथीसँग भेट्ने विवादमा पाँच साथीबाटै एक युवकको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते । सिरहामा आपसी विवादका कारण आफ्नै साथीको हत्या गर्ने पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम, र २० वर्षीय मोहमद जमसेद पक्राउ परेका हुन् । […]

आन्दोलनको तयारीमा रहन संगठनलाई जनमतको निर्देशन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । जनमत पार्टीले आन्दोलनको तयारी गर्न संगठनलाई निर्देशन दिएको छ । देशको वर्तमान राजनीतिक परिस्थिति जटिल रहेको भन्दै पार्टीका प्रवक्ता शरदसिंह यादवले सबै तहका संगठनलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन आदेश दिएको जानकारी दिए । आइतबार पार्टी केन्द्रीय कार्यालय, मध्यबानेश्वरमा बसेको सचिवालय बैठकले यसबारे निर्णय गरेको हो। बैठकमा मंसिरमा हुने […]

सप्तरीमा यात्रुबाहक बस दुर्घटना : एकजनाको मृत्यु, २६ घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेमा उदयपुरकी २१ वर्षीया मैया राई रहेको प्रहरीले जनाएको छ ।उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान ७ बजे कञ्चनरुप नगरपालिका बरमझियामा दुर्घटना भएको हो । घाइते […]

जनकी मन्दिरमा धोती, कुर्ता र सारी पहिरणमा युवायुवतीको भेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३ गते । मिथिलाको परम्परागत पहिरनलाई संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता, र सारी जुलुस निकालेका छन्। हालका दिनमा मिथिलाको मौलिक पोसाकप्रति घट्दो आकर्षणप्रति चिन्ता व्यक्त गर्दै, जनकपुरधाममा सयौं युवाहरूले यो सांस्कृतिक पहिरनको महत्त्व उजागर गर्न जनजागरणको लागि जुलुस आयोजना गरेका हुन्। सयभन्दा बढी सहभागीहरूले धोती, कुर्ता र सारीमा सजिएर […]