Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, कार्तिक ७ गते ।

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले बिहीबार उनलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

साहले एक योजनाको बिल भुक्तानी गर्नेक्रममा सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस लिइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए।

उनी कलैया उपमहानगरपालिका–४ को वडा कार्यालय नजिकैबाट घुस लिँदै गर्दा पक्राउ परेका हुन्। अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *