Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ४ गते ।

जनमत पार्टीले आन्दोलनको तयारी गर्न संगठनलाई निर्देशन दिएको छ । देशको वर्तमान राजनीतिक परिस्थिति जटिल रहेको भन्दै पार्टीका प्रवक्ता शरदसिंह यादवले सबै तहका संगठनलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन आदेश दिएको जानकारी दिए ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, मध्यबानेश्वरमा बसेको सचिवालय बैठकले यसबारे निर्णय गरेको हो। बैठकमा मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको नाम १४ कात्तिकसम्म केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिइएको छ।

बैठकले स्थानीय तह उपनिर्वाचनको तयारीस्वरूप जिल्ला इन्चार्जको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा निर्वाचन हुने वडा र पालिकाका केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष तथा पूर्वअध्यक्ष, वडा अध्यक्ष तथा पूर्वअध्यक्ष रहने व्यवस्था गरिएको यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *