Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ४ गते ।

सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा उदयपुरकी २१ वर्षीया मैया राई रहेको प्रहरीले जनाएको छ ।
उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान ७ बजे कञ्चनरुप नगरपालिका बरमझियामा दुर्घटना भएको हो ।

घाइते २६ जना मध्ये आठ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको बताइएको छ ।

बस र मोटरसाइकल सडकमै पल्टिएका थिए । बसलाई डोजरको सहायताले उठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *