सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ६ गते ।
धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डलको सोमबार साँझ मृत्यु भएको हो।
प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार, जनरेटरमा तार जोड्ने क्रममा मण्डलले ११ हजार भोल्टेजको तार छोएपछि करेन्ट लागेर उनको ज्यान गएको हो। छिमेकीको घरमा पूजा सञ्चालन गर्न जनरेटरको लाइन जोड्ने क्रममा घटना भएको बताइएको छ।
उद्धारपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो, तर चिकित्सकले मण्डललाई मृत घोषित गरेका थिए। शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।