सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ३ गते ।
मिथिलाको परम्परागत पहिरनलाई संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता, र सारी जुलुस निकालेका छन्। हालका दिनमा मिथिलाको मौलिक पोसाकप्रति घट्दो आकर्षणप्रति चिन्ता व्यक्त गर्दै, जनकपुरधाममा सयौं युवाहरूले यो सांस्कृतिक पहिरनको महत्त्व उजागर गर्न जनजागरणको लागि जुलुस आयोजना गरेका हुन्।
सयभन्दा बढी सहभागीहरूले धोती, कुर्ता र सारीमा सजिएर जनकपुरको प्रसिद्ध जानकी मन्दिरको परिक्रमा गरे। जुलुसका सहभागी सुमित जलानले युवाहरूले नै मिथिलाको परम्परागत पोशाक र संस्कृतिलाई बचाउन पहल गर्नुपर्ने बताए। यो अभियानलाई निरन्तरता दिने योजनासहित उनले यसलाई व्यापक बनाउँदै लैजाने बताए।
धोती कुर्ता तथा सारी जुलुसको अगुवाइ गरिरहेका मोहन महतो कोइरिले यो अभियान ७ वर्षदेखि चलाउँदै आएको जानकारी दिँदै यस वर्ष छठ पर्वका अवसरमा प्रत्येक छठ घाटमा धोती–कुर्ता र सारीमा उपस्थित हुन आह्वान गरे।