Samajik Feed – News Portal from Nepal

शीतलहरले मधेशको जनजीवन प्रभावित

रासस-जलेश्वर, पुस २६ गते । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो । निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका […]

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट, पुस २४- जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ।  रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २० जना फरार प्रतिबादीहरु लाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका ११ जना, […]

६ वर्षदेखि उद्धार पर्खिरहेका धनुषाका कृष्णको साउदीमा मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते ।धनुषाको मिथिला नगरपालिका–२, नक्टाझिजका ४५ वर्षीय कृष्णकुमार यादवको साउदी अरेबियामा मृत्यु भएको पुष्टि भएको छ । ६ वर्षदेखि उद्धारको प्रतीक्षामा रहेका कृष्णको गत पुस १८ गते (जनवरी २ तारिख) दमामस्थित साउद अल बपतानिया अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । लुम्बिनीका नेपाली स्फाक खानका अनुसार डिसेम्बर २७ को राति […]

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प […]

गौरमा बानेश्वरनाथ मन्दिर उत्खनन गर्दा ७ सय वर्ष पुरानो अवशेष भेटियो

सामाजिक फीड –जनकपुरधाम, पुस २२ गते । रौतहटको गौर नगरपालिका–२ मा रहेको ऐतिहासिक बानेश्वरनाथ मन्दिरको उत्खननका क्रममा सातसय वर्ष पुराना इँटा र अन्य अवशेषहरू फेला परेका छन्। पुरातत्व विभागको टोलीले १२ दिनदेखि उत्खनन गरिरहेको छ। उत्खननको क्रममा देशमै पहिलो पटक औंलाको छाप भएको इँटा भेटिएको पुरातत्वविद् देबेन्द्रनाथ तिवारीले जानकारी दिए। तिवारीले भने, “मैले धेरै ठाउँमा […]

सर्लाहीमा मापसे जाँच गरिरहेका प्रहरीमाथि वडाध्यक्षको नेतृत्वमा आक्रमण, पाँच राउण्ड हवाई फायर

सामाजिक फीडजनकपुरधाम, पुस २१ गते । सर्लाहीको रमानगर गाउँपालिकामा मापसे चेकजाँच गरिरहेका प्रहरीमाथि वडाध्यक्षको नेतृतवमा आक्रण भएको छ । सो क्रममा प्रहरीले पाँच राउण्ड गोली हवाय फाइर गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवास बोहराले जानकारी दिए । प्रवक्ता एसपीका अनुसार हिजो राति करिब ९ बजेतिर रामनगर गाउँपालिका ५ स्थित बैजनाथचोकमा इलाका प्रहरी कार्यालय […]

सर्लाहीमा इँटा व्यवसायीको हत्या

सामाजिक फीड-जकपुरधाम, पुस २० गते ।सर्लाहीको हरिवन नगरपालिकाका इँटा व्यवसायी हरिप्रसाद प्रसाईको हत्या भएको छ । सर्लाही प्रहरीले शनिबार बिहान उखुबारीमा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो । हरिवन नगरपालिका–१० इनारटोलका स्थायी बासिन्दा ३९ वर्षीय प्रसाई पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट इँटाको पैसा लिएर फर्किने क्रममा बेपत्ता भएका थिए । परिवारले उनको […]

सशस्त्र प्रहरीमा इन्सपेक्टरदेखि कुचिकारसम्म ठूलो संख्यामा भर्ना खुल्यो

जनकपुरधाम, पुस १९ गते । सशस्त्र प्रहरीले प्रहरी निरीक्षकदेखि विभिन्न तहका १,००० भन्दा बढी पदकालागि भर्ना खुलाएको छ। यो भर्ना अभियान अन्तर्गत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदका लागि ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि ८३ जना, र सशस्त्र प्रहरी जवान पदका लागि ९४१ जना माग गरिएको छ। त्यसैगरी, विशेष सेवा प्रदान गर्ने पदहरूमा […]

सर्लाहीमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका इन्सपेक्टरको बसले च्यापिएर मृत्यु

सामाजिक फीड जनकपुरधाम, पुस १७ गते । सर्लाहीमा बसले च्यापिएर एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका ९ स्थित बीओपी छतौनामा कार्यरत्त प्रहरी निरीक्षक विजयकुमार तुलाधर गए राति ड्युटीमा रहेको बेला अनियन्त्रित भइ पल्टेको बसमा किचिएका हुन् । गए राति ९ बवे राजदेवी ट्राभल्स लेखिएको बस पल्टिँदा च्यापिएर गम्भीर घाइते […]

धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ११ गते । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा करिब ५० वर्षीया रेशमी देवी बिनको हत्या भएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार, उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको हो । हत्या आरोपमा प्रहरीले मृतकका श्रीमान दशैया मुखिया बिनलाई पक्राउ गरेको छ । प्रारम्भिक […]