Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २४ गते

धनुषाको मिथिला नगरपालिका–२, नक्टाझिजका ४५ वर्षीय कृष्णकुमार यादवको साउदी अरेबियामा मृत्यु भएको पुष्टि भएको छ । ६ वर्षदेखि उद्धारको प्रतीक्षामा रहेका कृष्णको गत पुस १८ गते (जनवरी २ तारिख) दमामस्थित साउद अल बपतानिया अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

लुम्बिनीका नेपाली स्फाक खानका अनुसार डिसेम्बर २७ को राति यादवलाई छाती दुख्न थालेपछि अस्पताल पु¥याइएको थियो । चिकित्सकले हृदयघात भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताए । शल्यक्रियापछि पनि सुधार हुन नसक्दा जनवरी २ मा यादवको निधन भएको अस्पतालले जनाएको छ ।

यादवका वृद्ध बुबा बिल्टु, मुटु क्यान्सर पीडित आमा जीवछी, एक छोरा र पाँच छोरी छन् । छोरा विनोद १७ वर्षका छन् भने कान्छी छोरी ११ वर्षकी। श्रीमती सीता जनमजदुरी गर्दै परिवारको जिम्मेवारी सम्हाल्दै आएकी छन्। यादवको मृत्युले परिवार शोकमा डुेबेको छ । शव नेपाल ल्याउने प्रक्रिया अझै अन्योलमा छ ।

सन् २०१८ मा रोजगारको खोजीमा साउदी पुगेका यादवले ट्रक चालकको रूपमा काम सुरु गरेका थिए। तर, कम्पनीले आवश्यक अनुमतिपत्र उपलब्ध नगराउँदा कानुनी समस्यामा परे । उनी त्यहाँबाट भागे । कम्पनीले गरेको मुद्दामा अदालतले २२,००० साउदी रियाल जरिवाना सुनाएको छ । मुद्दामा उनी फरार सूचीमा थिए। यादवले उद्धारका लागि पटकपटक नेपाली दूतावास र सरकारलाई गुहारे पनि सहयोग प्राप्त भएन।

७५ वर्षीय बुबा बिल्टुले जिउँदो छोरा घर फर्काउन सकिन्छ कि भनेर आर्थिक सहयोग जुटाउने प्रयास गरेका थिए। तर, पर्याप्त सहयोग नपुग्दा यादवको उद्धार असम्भव भयो । क्यान्सले थलेकी ७१ वर्षीय आमा जीवछी जीवनको अन्तिम घडीमा छोराको अनुहार हेर्ने चाहना अधुरै ररह्यो ।
सामाजिक अभियन्ता सरोज रायका अनुसार दूतावासको गैरजिम्मेवारीले यादवको उद्धार हुन सकेन। उनले पटकपटक नेपाली दूतावासलाई ध्यानाकर्षण गराए पनि ठोस कदम उठाइएको थिएन।
यादवको शव नेपाल ल्याउन परिवारले सरकारसँग सहयोगको माग गरेको छ। बुबा बिल्टुले भने, “अब मरेको छोराको लास समयमा ल्याइदेउ सरकार। मर्न लागेकी आमालाई छोराको अनुहार देखाइदेउ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *