सामाजिक फीड
जनकपुरधाम, पुस १७ गते ।
सर्लाहीमा बसले च्यापिएर एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका ९ स्थित बीओपी छतौनामा कार्यरत्त प्रहरी निरीक्षक विजयकुमार तुलाधर गए राति ड्युटीमा रहेको बेला अनियन्त्रित भइ पल्टेको बसमा किचिएका हुन् ।
गए राति ९ बवे राजदेवी ट्राभल्स लेखिएको बस पल्टिँदा च्यापिएर गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा राति पौने १० बजे मृत घोषणा गरेका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।