Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जकपुरधाम, पुस २० गते ।
सर्लाहीको हरिवन नगरपालिकाका इँटा व्यवसायी हरिप्रसाद प्रसाईको हत्या भएको छ । सर्लाही प्रहरीले शनिबार बिहान उखुबारीमा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो ।

हरिवन नगरपालिका–१० इनारटोलका स्थायी बासिन्दा ३९ वर्षीय प्रसाई पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट इँटाको पैसा लिएर फर्किने क्रममा बेपत्ता भएका थिए । परिवारले उनको खोजी थाल्नासाथ प्रहरीले पनि अनुसन्धान सुरु गरेको थियो ।

पाँच दिनपछि आज बिहान ११ बजे हरिवन नगरपालिका–१० मा रहेको उखुबारीबाट गाडिएको अवस्थामा उनको शव फेला परेको हो ।

प्रहरीले प्रसाईको हत्या घटनामा संलग्न भएको आशंकामा एक स्थानीय युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रसाईको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ। घटना बारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *