Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, पुस १९ गते ।

सशस्त्र प्रहरीले प्रहरी निरीक्षकदेखि विभिन्न तहका १,००० भन्दा बढी पदकालागि भर्ना खुलाएको छ।

यो भर्ना अभियान अन्तर्गत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदका लागि ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि ८३ जना, र सशस्त्र प्रहरी जवान पदका लागि ९४१ जना माग गरिएको छ।

त्यसैगरी, विशेष सेवा प्रदान गर्ने पदहरूमा पनि अवसर उपलब्ध छ। भान्छे पदका लागि २० जना, कूचिकारका लागि १९ जना, सूचिकारका लागि १० जना, केशकर्तकका लागि २४ जना, र चर्मकर्मीका लागि १४ जना माग गरिएको छ।

दरखास्त पुस २४ गतेदेखि माघ २४ गतेसम्म दिन सकिने जनाएको छ । योग्य र इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *