Samajik Feed – News Portal from Nepal

गंगासागरको डिलमा भइरहेको भवन निर्माण रोक्न उच्च अदालतको आदेश

सामाजिक फीड-जनकपुरधाम, वैशाख ७ गते । जनकपुरधामको ऐतिहासिक गंगासागरको पूर्वी डिलमा हुन लागेको स्वर्गीय रामनारायण मिश्रको स्मारक भवन निर्माण तत्काल रोक्न उच्च अदालत जनकपुरको आदेश दिएको छ । महेन्द्र प्रसाद साहले दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश राजुराम सिलवाको एकल इजलासले उक्त आदेश दिएको हो । जनकपुरधाम उपमहानगरपालिकाले २०७९ फागुन ४ मा स्वीकृत गरेको नक्साको […]

रौतहटबाट १० लाख रुपैयाँसहित एक भारतीय पक्राउ

सामाजिक फीड-जनकपुरधाम, वैशाख ७ गते । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अबैध १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अबैध १० लाख नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय […]

मिर्चैयामा नालामा डुबेर एक बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख ६ गते । सिरहामा मिर्चैयामा नालामा डुबेर एक बालिकाको मृत्यु भएको  छ । शनिबार बिहान नालामा डुबेर मिर्चैया नगरपालिका-५ स्थित किसुन साफीकी छोरी आसिका साफीको मृत्यु भएको हो । घर छेउमै रहेको खुला नालामा डुबेको अवस्थामा बालिका मृत फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको […]

बारामा टिपर र कार ठोक्किँदा दुईजनाको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, वैशाख ५ गते। बाराको जीतपुर सिमरा नगरपालिका–१६ स्थित भूइँपुल नजिक टिपर र कार एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना दिउँसो करिब ३ बजे भएको हो।निजगढबाट पथलैयातर्फ गइरहेको प्र.२-०३-००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो। बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका […]

वीरगञ्जमा आजदेखि निषेधाज्ञा हट्यो

सामाजिक फीड-जनकपुरधाम, वैशाख ५ गते । दुई समुदायबीचको झडप र तनाबपछि वीरगञ्जमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा […]

सर्लाहीबाट २४४ किलो गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, वैशाख ४ गते । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । बुधबार राति सवा ११ बजे, सिन्धुलीको मरिनखोलाबाट लालबन्दीतिर ल्याइँदै गर्दा इलाका प्रहरी कार्यालय लालबन्दीले २४४ किलो गाँजासहित बोलेरो चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१ नवलपुरका चालक २५ वर्षीय सुशील चौधरी छन्। विशेष सूचनाको आधारमा, इलाका प्रहरी […]

आज दिउँसोसम्म विजुली आउन सक्ने

सामाजिक फीड-जनकपुरधाम, वैशाख ४ गते । धनुषाको ढल्केबर स्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि बुधबार बिहानैदेखि धनुषासहित तीन जिल्लाको विद्युत अवरुद्ध छ । धनुषामा विद्युत सेवा पूर्णरुपमा ठप्प छ भने महोत्तरी र सर्लाहीको विभिन्न क्षेत्रमा आंशिक ठप्प छ ।विद्युत सेवा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बुधबार बिहान ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाने प्रसारण […]

ढल्केबर सबस्टेसनमा आगलागी, धनुषासहित तीन जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध

सामाजिक फीड-जनकपुरधाम, वैशाख ३ गते । धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आज बिहान अचानक आगलागी हुँदा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएपछि आगलागी भएको नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवले जानकारी दिए । आगलागीका कारण सबस्टेसनका […]

आजबाट नयाँ वर्ष विक्रम संवत् २०८२ सुरु

सामाजिक फीड–जनकपुरधाम, वैशाख १ गते । आजबाट विक्रम संवत् २०८२ साल सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेपालभित्र र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासपूर्वक शुभकामना आदानप्रदान गर्दै पर्वको रूपमा मनाइरहेका छन्। नयाँ वर्ष आरम्भको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान र शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री […]

वीरगन्जमा सद्भाव कायम गर्न सर्वदलीय बैठक

सामाजिक फीडजनकपुरधाम, चैत ३१ गते । वीरगन्जमा दुई समुदायबीच उत्पन्न तनावलाई समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेको छ । हनुमान जयन्तीको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा भएको विवादका कारण परिस्थिति तनावपूर्ण बनेपछि हिजोदेखि कर्फयू जारी छ । समस्या समाधान गरी सद्भाव कायम गर्न सर्बदलीय बैठक आह्वान गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बिहान १० बजेदेखि सर्वदलीय […]