Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख ५ गते।

बाराको जीतपुर सिमरा नगरपालिका–१६ स्थित भूइँपुल नजिक टिपर र कार एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटना दिउँसो करिब ३ बजे भएको हो।
निजगढबाट पथलैयातर्फ गइरहेको प्र.२-०३-००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो।

बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार कार चालक सर्लाही सुन्दरपुरका जितनारायण साह र कारमै सवार सर्लाही बरहथवा–१५ का नारायणहरी शर्माको घटनास्थलमै मृत्यु भएको हो।

गम्भीर घाइते भएका दुबैजनालाई तत्काल उपचारका लागि सिमरास्थित प्रसूति अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका थिए।

दुर्घटनापछि टिपर चालक फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पण्डितले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *