Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, चैत ३१ गते ।

वीरगन्जमा दुई समुदायबीच उत्पन्न तनावलाई समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेको छ । हनुमान जयन्तीको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा भएको विवादका कारण परिस्थिति तनावपूर्ण बनेपछि हिजोदेखि कर्फयू जारी छ ।

समस्या समाधान गरी सद्भाव कायम गर्न सर्बदलीय बैठक आह्वान गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बिहान १० बजेदेखि सर्वदलीय बैठक जारी छ ।

शनिबार साँझ साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो। अवस्था नियन्त्रणमा लिन हाल सेना परिचालन गरिएको छ।

शनिबार हिन्दू धर्मावलम्बीहरूले भगवान् हनुमानको जयन्तीका अवसरमा वीरगन्जमा शोभायात्रा निकालेका थिए। सो क्रममा शोभायात्रामा सहभागीले अनुशासन विपरीतको व्यवहार देखाएको भन्दै अर्को समुदायले आपत्ति जनाएपछि स्थिति झडपमा परिणत भएको थियो ।

प्रहरीका अनुसार, शोभायात्रामा सहभागीहरूको भनाइमा मस्जिदतर्फबाट ढुङ्गामुढा प्रहार भएपछि विवाद चर्किएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *