Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, वैशाख ४ गते ।

धनुषाको ढल्केबर स्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि बुधबार बिहानैदेखि धनुषासहित तीन जिल्लाको विद्युत अवरुद्ध छ ।

धनुषामा विद्युत सेवा पूर्णरुपमा ठप्प छ भने महोत्तरी र सर्लाहीको विभिन्न क्षेत्रमा आंशिक ठप्प छ ।
विद्युत सेवा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

बुधबार बिहान ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी हुँदा सबस्टेसनका विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको छ । हिजोदेखि नै मर्मत सम्भारको काम जारी छ ।

आज बिहान १० बजेसम्म विद्युत सेवा पुनः सुचारु हुन सक्ने सबस्टेशन शाखा प्रमुख विनोद लोहनीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *