Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, वैशाख ४ गते ।

सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । बुधबार राति सवा ११ बजे, सिन्धुलीको मरिनखोलाबाट लालबन्दीतिर ल्याइँदै गर्दा इलाका प्रहरी कार्यालय लालबन्दीले २४४ किलो गाँजासहित बोलेरो चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१ नवलपुरका चालक २५ वर्षीय सुशील चौधरी छन्।

विशेष सूचनाको आधारमा, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर सुजन पाठक र लालबन्दी नगरपालिका–११ हीरापुर स्थित प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले सोही नगरपालिका–१३ पत्थरकोट चोकमा बा२०च १७८२ नम्बरको बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

गाँजा ४५ पोका, प्रत्येक बोरामा धानको भुसा लुकाएर रातो प्लास्टिकमा प्याक गरिएको थियो । गाँजाको २४४ किलो छ ।

गाँजा र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *