एमालेको धनुषा जिल्ला अधिवेशनमा कुर्सी हानाहान

सामाजिक फीड– जनकपुरधाम, बैशाख २३ गते । एमाले ८ औं धनुषा जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो । निर्वाचन समितिमाथि केहि नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । गत बैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइरहेको […]
रौतहटको एक सुधार केन्द्रमा निर्घात कुटपिट

सामाजिक फीड जनकपुरधाम, बैशाख २२ गते । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट भएको भिडिओमा देखिन्छ […]
रौतहटमा कार र मोटरसाइकल ठोक्किँदा बुबा र छोरीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, बैशाख २१ गते । रौतहटमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहटको गरुडा नगरपालिका ३ गेडही टोल बस्ने ६० वर्षीय बलिराम सहनी र मोटरसाइकलमा पछाडि सवार छोरी ४० वर्षीया उर्मिला देवी सहनी छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामापश्चिमबाट […]
जानकी नवमीमा सार्वजनिक बिदा माग गर्दै जनकपुरमा साधुशन्तको प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, वैशाख २० गते । जानकी नवमीको अवसरमा सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग गर्दै जनकपुरधाममा साधुशन्तले प्रदर्शन गरेका छन् । जानकी मन्दिर परिसरबाट सुरु भएको साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संघसंस्था र नागरिक समाजको ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको छ । प्रदर्शनमा सहभागीहरूले “जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !“, “हाम्रो आस्था–हाम्रो अधिकार“, “जानकी […]
१३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

रासस-सिरहा, बैशाख २० गते । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण […]
यस्तो छ संघीय सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सामाजिक फीड-जनकपुरधाम, बैशाख १९ गते । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। सरकारले वैदेशिक सहायता विकासका आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्ने बताएको छ। संरचनागत रुपान्तरण […]
सिरहामा युवकमाथि खुकुरी प्रहारः एकै परिवारका तीन जना पक्राउ, एक फरार

सामाजिक फीड-जनकपुरधाम, बैशाख १९ गते । सिरहाको लहान नगरपालिका–३ दंग्राहा टोलमा बुधबार साँझ स्थानीय २७ वर्षीय देवकुमार महतोमाथि कुटपिट र खुकुरी प्रहार गरिएको छ । मनिषकुमार महतोले चलाएको मोटरसाइल देवकुमार महतोको जिउमा छोएपछि विवाद भएको थियो । घटनामा देवकुमार घाइते भई प्रादेशिक अस्पताल लहानमा उपचार पश्चात थप उपचारको लागि विराटनगर लगिएको छ । उनको टाउको, […]
पर्सामा एक युवकको अपहरण, एक नाबालकसहितचार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, बैशाख १८ गते । पर्सामा एक युवकको अपहरणको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । अपहरणमा पर्ने व्यक्ति बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधीरप्रसाद साह हुन् । मंगलबार पर्सा प्रहरीले उनलाई अपहरण गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ […]
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

सामाजिक फीडजनकपुरधाम, बैशाख १७ गते। महोत्तरीको मनरा सिसवा नगरपालिकामा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । मनरा सिसवा नगरपालिका–१ का विकेशकुमार सिंहका १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वर नगरपालिका–९ लखनपट्टी निवासी ११ वर्षीय आयुष उर्फ आदित्य सिंहको मृत्यु भएको हो। आदित्य मावली घर आएका थिए। सोमबार साँझ मनरा सिसवा स्थित महादेव मन्दिर […]
इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

एजेन्सीजनकपुरधाम, बैशाख १६ गते । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका भक्तजनहरू दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर नजिकैको इनारमा खसेको हो । दुर्घटनामा मोटरसाइकल चालकको पनि घटनास्थलमै […]