Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख २० गते ।

जानकी नवमीको अवसरमा सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग गर्दै जनकपुरधाममा साधुशन्तले प्रदर्शन गरेका छन् । जानकी मन्दिर परिसरबाट सुरु भएको साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संघसंस्था र नागरिक समाजको ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले “जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !“, “हाम्रो आस्था–हाम्रो अधिकार“, “जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ“ भन्ने नारासमेत लगाएका थिए ।

प्रदर्शनकारीहरूले जानकी नवमी पर्ने वैशाख २३ गतेलाई राष्ट्रिय बिदाको रूपमा घोषणा गर्न सरकारसँग माग गरेका छन्। जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकी नवमी धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यस दिन बिदा दिनुपर्ने माग गरे।

यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्रीलाई सम्बोधित ज्ञापनपत्र बुझाउँदै जानकी नवमीमा सार्वजनिक बिदा दिन आग्रह गरिसकेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *