वीरगञ्जमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

सामाजिक फीड-जनकपुरधाम, जेठ २५ गते । पर्साको वीरगञ्जमा कार दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफ छन् । पर्सा प्रहरीका अनुसार आज दिउँसो वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको […]
घरघरमा रोजगारसहित मधेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

सामाजिक फीड-जनकपुरधाम, जेठ २३ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रोजगारी, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मधेश सरकारले घरघरमा रोजगारी दिने नीति लिएको छ । “हर हातमा सीप, हर […]
सप्तरीमा डाँका समूहद्वारा गोली प्रहार गरी एकजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, जेठ २३ गते । सप्तरीमा डाँका समूहले धारिलो हतियार तथा गोली प्रहार गरी एकजनाको विभत्स हत्या गरेको छ । सप्तरीको सुरूङा नगरपालिका –८ का ५६ वर्षीय कन्तलाल चौधरीको हत्या भएको हो । धारिलो हतियार प्रहारबाट उनका भाई रामाकान्त चौधरी गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राति १ बजेको समयमा […]
सर्लाहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ २२ गते । सर्लाहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।सर्लाहीको बागमती नगरपालिका–११ बागमती पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको हो । सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईका अनुसार गएराति १० बजे बागमती पुल […]
हिरासतमा रहेका अभियुक्त छुटाइदिने भन्दै ठगी गर्ने एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ २० गते । सिरहामा सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोद कुमार महतो रहेका छन् । प्रहरीका अनुसार, महतोले सवारी ज्यान मुद्दामा संलग्न व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै पीडित परिवारसँग ठगी गरेका थिए । सिरहा प्रहरी […]
मधेशमा स्वास्थ्य संस्थाको स्वीकृति र नविकरणमा भ्रष्टाचारको आशंका, कागजात बुझाउन अख्तियारको पत्र

सामाजिक फीड–जनकपुरधाम, जेठ १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विषयमा अनुसन्धान थालेको छ । निजि स्वास्थ्य संस्थाहरुबाट रकम लिएर इजाजत प्रदान गरेको उजुरी पश्चात् अख्तियारको केन्द्रीय कार्यालय टंगालले अनुसन्धान थालेको हो । निजी स्वास्थ्य संस्थाहरूलाई इजाजत तथा नविकरण दिने प्रक्रियामा आर्थिक लेनदेनसहित गम्भीर अनियमितता भएको भन्ने उजुरीपछि अख्तियारले […]
सिरहामा चिया पसलमा तोडफोड र कुटपिट

सामाजिक फीड- सिरहा, जेठ १९ गते । सिराहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटीचोकमा रहेको एक चिया नास्ता पसलमा तोडफोड गर्दै कुटपिट भएको छ । रौतहट स्थायी घर भई हाल सिराहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा बसोबास गर्दै आएका रोहित कुमार साहको चियापसलमा तोडफोड भएको हो । साह झन्डै एक दशकदेखि स्थानीय समाजको स्वीकृतिमा मन्दिरको जग्गामा चिया नास्ताको पसल […]
नेपाली रेल मर्मतका लागि पठाइयो, भारतीय रेल चलाउन ल्याइयो

सामाजिक फीड-जनकपुरधाम, जेठ १८ गते । झण्डै अढाइ वर्षदेखि नियमितरूपमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर–बिजलपुरा रेल सेवा मर्मत सम्भारका लागि भारतको लखनऊ पठाइएको छ। नेपाली रेल मर्मतका क्रममा यात्रु सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले भारतले सहयोगस्वरूप ६ बोगीयुक्त डिजेल–इलेक्ट्रिक मल्टिपल युनिट (DEMU) रेल नेपाल रेल्वे कम्पनीलाई उपलब्ध गराएको छ। सो रेल डिजेल र विद्युत दुवैबाट सञ्चालन […]
मुस्कान अस्पतालमा शल्यक्रियापछि चार महिनादेखि बेहोस पविताको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ १६ गते । जनकपुरमा पित्तथैलीको शल्यक्रियापछि चार महिनादेखि बेहोस अवस्थामा रहेकी सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की २५ वर्षीया पविता यादवको निधन भएको छ । साढे ३ महिनादेखि काठमाडौंस्थित केएमसी अस्पतालको भेन्टिलेटरमा उपचाररत पविताको आज बिहान ७ बजे मृत्यु भएको हो । गौशाला प्रहरी वृत्तमा कार्यरत प्रहरी हवल्दार बेदनाथ पौडेलका अनुसार अस्पतालले आज बिहान […]
महोत्तरीमा २० किलो गाँजा सहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ १५ गते । महोत्तरीमा लागूऔषध २० किलो गाँजा सहित दुईजना पक्राउ परेका छन् । बर्दिवास नगरपालिका १३ निवासी ४६ वर्षीय शिवशंकर चौधरी र मनरा सिस्वा नगरपालिका १० निवासी ४० वर्षीया अजमैरी खातुनलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । जलेश्वर नगरपालिका ७ बखरी स्थित बर्दिवास जलेश्वर सडक खण्डमा शिवशंकर चौधरीले चलाई ल्याएको प्र.२–०२–००१ […]