सामाजिक फीड-
जनकपुरधाम, जेठ २२ गते ।
सर्लाहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
सर्लाहीको बागमती नगरपालिका–११ बागमती पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको हो ।
सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईका अनुसार गएराति १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवन तर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडीले बिपरित दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३–०२–०१४ प ९८७७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक योन्जन गम्भीर घाइते भएका थिए ।
घाइते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राति ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डीएसपी राईले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको मोटरसाइकल, कन्टेनर डब्बा गाडी र कन्टेनर चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने वर्ष ३८ को ओम बहादुर लामालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवन तर्फ पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।