Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ २३ गते ।

सप्तरीमा डाँका समूहले धारिलो हतियार तथा गोली प्रहार गरी एकजनाको विभत्स हत्या गरेको छ ।

सप्तरीको सुरूङा नगरपालिका –८ का ५६ वर्षीय कन्तलाल चौधरीको हत्या भएको हो । धारिलो हतियार प्रहारबाट उनका भाई रामाकान्त चौधरी गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राति १ बजेको समयमा ४÷५ जनाको संख्यामा आएका डाँकाहरूको समूहले चौधरीको घरमा प्रवेश गरी लुटपाट गरेका थिए । त्यस क्रममा प्रतिकार गर्दा डाकाहरुले धारिलो हतियार र गोली प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै उनका भाई रमाकान्त चौधरीले बाहिर निस्केर होहल्ला गर्दा शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन् ।

घटनाबारे थप सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *