Samajik Feed – News Portal from Nepal

आजपाको मधेश बन्द सफल बनाउँछाैँ: विद्यार्थी मोर्चा

पर्सा, २९ पुस । आम जनता पार्टीले माघ ११ गते घोषणा गरेको मधेश बन्द कार्यक्रमलाई सफल बनाउने आम विद्यार्थी मोर्चाले दाबी गरेको छ । आइतबार वीरगञ्जमा बसेकाे मोर्चाको बैठकले मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको हो । आजपाले बैकहरूले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीहरूको सम्पूर्ण ऋण मिनाह तथा आम जनतालाई […]

अध्यक्ष र अधिकृतले मनपर्दी गरेको भन्दै सम्सी गाउँपालिकामा वडाध्यक्षहरुले गरे तालाबन्दी

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । महोतरीको सम्सी गाउँपालिकाको कार्यालयमा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् । गाउँपालिकाका अध्यक्ष रामनाथ यादव तथा प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र मिलेर मनोमानी गरेको भन्दै ५ जना वडाध्यक्षहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । कार्यपालिका बैठकका लागि पत्रचार गरेपनि बैठक बस्न नसकेपछि आफुहरु कार्यालयमा ताल्चा हान्न बाध्य भएको वडा नम्बर […]

प्रधानमन्त्री दाहाल युगान्डा जाने

काठमाडौँ, २९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल माघ ४ गते युगान्डाको भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री दाहालले असंलग्न आन्दोलनको १९ औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डाको राजधानी कम्पाला जान लागेका हुन् । प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र […]

तीजना सवार मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, सवार भएका दुई जना फरार

समाजिक फीड जनकपुरधाम पुस २९ गते । मोटरसाइकल दुर्घटनामा पर्सामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरीया नगरपालिका–१० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा तीनजना सवार थिए । सखुवा प्रसौनी गाउँपालिका–५ पटनिस्थित बाटोमा ना १० प १५१८ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई पुलको पोलमा […]

आफ्नै न्ययायाधिश श्रीमानमाथि बलात्कारको मुद्दा लगाएकी महिलाले गरिन आत्महत्याको प्रयास

समाजिक फीड काठमाडौं, पुस २३ गते । सर्वोच्च अदालत परिसरमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावलले आत्मदाहको प्रयास गरेकी छन्। आइतबार मध्यान्ह उनले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्। सर्वोच्च अदालतका प्रधान न्यायाधीश कार्यालय प्रवेश गरे लगत्तै रावलले पेट्रोलियम पदार्थ रहेको ग्यालिङबाट शरिरमा तरल पदार्थ छर्की आत्मदाहको प्रयास गरेकी हुन्।अहिले उनलाई उद्धार गरी […]

ऋण दिएर चर्को ब्याज अशुलेको भन्दै जनकपुरमा उद्योगी व्ययवासयीले गरे प्रदर्शन

समाजिक फीड जनकपुरधाम, पु्स २९ गते । उद्योगी तथा व्यापारीहरुले जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेका छन् । बैंकको चर्को ब्याजबाट पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै बैंकहरुविरुद्ध आइतवार प्रदर्शन गरेका हुन् । बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्याली राष्ट्र बैंक अगाडि पुगेर धर्नामा परिणत भएको थियो । […]

११ करोडमा बनिरहेको स्वास्थ्य केन्द्रको भवनमा गुणस्तरहीन काम भएपछि स्थानीयले रोके काम

समाजिक फीड रौतहट, पुस २९ गते । रौतहट जिल्ला स्थित एक प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवनमा गुणस्तरहीन काम भएको भन्दै थप निर्माणमा रोक लगाइएको छ । कटहरिया स्थित रहेको स्वास्थ्य केन्द्रको १५ बेडको भवनको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै थपकाम गर्न पुर्व मेयर सियाराम कुशवाहा सहित स्थानीयले रोकका हुन् । संघीय सरकारको १९ करोड ७५ […]

आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

बर्दिया, २९ पुष । बर्दियाको मधुवनमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनीको आगोले जलेर मृत्यु भएको छ । घरको बरण्डामा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । samajik_feedsamajikfeed.com

झारफुक गर्ने बहानामा १३ वर्षीय किशोरीको बलात्कार

समाजिक फीड बारा, पुस २९ गते । बारामा झारफुक गर्ने बहानामा १३ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले महागढीमाई नगरपालिका–२ का ३० वर्षीय आकाश मण्डललाई पक्राउ गरेको हो । सर्लाहीबाट आएकी किशारीलाई झारफुक गर्ने बहानामा बलात्कार भएको प्रहरीले जनाएको छ । अभियुक्त मण्डलमाथि थप अनुसन्धान भइरहेको छ । samajik_feedsamajikfeed.com

राष्ट्रियसभा चुनावमा उम्मेदवारले साढे तीन लाख रुपैँयासम्म मात्रै खर्च गर्न पाउने

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकिएको छ । निर्वाचन आयोगले आइतवार एक सूचना जारी गर्दै उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको […]