Samajik Feed – News Portal from Nepal

पर्सा, २९ पुस । आम जनता पार्टीले माघ ११ गते घोषणा गरेको मधेश बन्द कार्यक्रमलाई सफल बनाउने आम विद्यार्थी मोर्चाले दाबी गरेको छ । आइतबार वीरगञ्जमा बसेकाे मोर्चाको बैठकले मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको हो ।

आजपाले बैकहरूले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीहरूको सम्पूर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कर्जा दिलाउनका लागि मधेश बन्द घोषणा गरेको छ ।

बैठकमा मोर्चाका मधेश प्रदेश अध्यक्ष राकेश बैठा, आजपाका मधेश प्रदेश ईन्चार्ज सुधिर यादव, पार्टीका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहालगायत नेताहरू सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *